२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजे– प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेपाल–दाहाल समुहका   अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजेको  आरोप लगाउनु भएको छ ।

 प्रतिनिधि शभा बिघटन बिरुद्ध राजधानीमा आयोजित बिरोध शभालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले देश बर्बादीतर्फ जाने लागेको दाबी गर्दे तीन बर्ष सम्म पनि ओलीलाई तह लगाउन नसकेको गुनासो  गर्नुभयो । प्रधानमन्त्रीको कदम अराजक भएको भन्दै उहाले  अराजकताको साक्षी कोही पनि नबन्ने विश्वास ब्यक्त गर्नुभयो ।

 संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ यस्तो बेला ओली जी हसाउदै हिड्नु हुन्छ उहा उल्टो खोपडी भएको मान्छे हो कि जस्तो लाग्छ दाहाललले भन्नुभयो । गत निर्बाचनमा गरको प्रतिबद्धता अनुसार काम गर्न नसकेको मा जनता संग क्षमा माग्दै दाहालले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको  बताउनु भयो ।