२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा दुई परियोजनाका लागि ९ करोड ५५ लाख सहयोग



अ+ अ-

काठमाडौंः नेपालस्थित जापानी राजदूतावासले पर्सा र रौतहटमा संचालन हुने दुई परियोजनाका लागि नौ करोड ५५ लाख प्रदान गर्ने भएको छ ।

दूतावासका अनुसार रौतहट जिल्लामा तालिम तथा आपतकालीन आश्रय भवन निर्माणका लागि नौ करोड १५ लाख प्रदान गरिएको छ । यो परियोजनाका लागि सामुदायिक विकास केन्द्रसँग सम्झौता भएको छ ।

सम्झौतामा नेपालका लागि जापानका कार्यवाहक राजदूत योशिओका युजोले हस्ताक्षर गर्नु भएको थियो ।

यसैगरी, जापान सरकारले वीरगंज महानगरपालिकामा गरिब महिलाका लागि स्वच्छता अभिवृद्धिमा सघाउन स्यानिटरी न्यापकिन्स बनाउने मेसिन स्थापना गर्न रु. ४० लाख प्रदान गर्न लागेको छ ।

उक्त दुवै परियोजनाका लागि उपलब्ध गराइने रकम जापानको ग्रामीण स्तरीय मानव सुरक्षा परियोजना अन्तर्गत प्राप्त भएको पनि जापानी दूतावासले जनाएको छ ।

ग्रामीण स्तरमा सञ्चालन हुने यस्ता सहयोगले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध जनस्तरमा अझ फराकिलो हुने जापानी दूतावासले जनाएको छ ।