६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौतीबारे सेना सजग – प्रधान सेनापति पूर्णचन्द्र थापा

वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौतीबारे सेना सजग – प्रधान सेनापति पूर्णचन्द्र थापा
अ+ अ-

काठमाडौ ।  प्रधान सेनापति पूर्णचन्द्र थापाले  नेपाली सेनाले वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौती बारे सूक्ष्म अनुगमन र मूल्याङ्कन गरिरहेको बताउनु भएको छ । नेपाली सैनिक वार कलेज, नगरकोटमा  हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन  कार्यक्रमलाई सम्बोधन गर्दै  प्रधानसेनापति थापाले संविधानप्रदत्त जिम्मेवारी वहन गर्नका लागि आवश्यक समन्वय र तयारी गर्न समेत निर्देशन दिनुभयो ।

प्रधान सेनापति थापाले संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदैव तयार रहेको भन्दै प्रधानसेनापति थापाले राष्ट्रिय सुरक्षा नीतिबाट र यसबाट विकसित हुने राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सैनिक रणनीति नेपाली सेनाको लागि महत्वपूर्ण हुने बताउनु भयो ।  प्रधान सेनापति थापाले  नेपाली सेनालाई पद्धति र प्रणालिमा आधारित संस्थाको रुपमा विकसित गर्दै लैजानका लागि विगतका उपलब्धिहरुलाई संस्थागत गर्ने तथा वर्तमान र भावी चुनौतीहरुलाई सम्बोधन गर्नका लागि सबैजना इमान्दार र सिर्जनात्मक हुनु पर्ने  पनि बताउनु भयो ।

श्री थापाले सोही अवसरमा नेपाली सेनाले अघी सारेको ३ं१ अपरेशनल कमाण्ड अवधारणाको आवश्यकता र उपादेयता एवं नेपालको सन्दर्भमा यसको महत्वको बारेमा समेत प्रस्ट पार्नु भएकाे थियाे । सोही आधारमा संगठनको पूनर्संरचना समेत गरी सफल कार्यान्वयन गर्नु पर्ने आवश्यकता औंल्याउनु भयो । वर्तमान परिस्थितिबाट विकसित हुन सक्ने सुरक्षा चुनौती बारे सूक्ष्म अनुगमन र मूल्याङ्कन गर्दै संविधानप्रदत्त जिम्मेवारी वहन गर्नका लागि आवश्यक समन्वय र तयारी गर्न समेत निर्देशन दिनुभयो ।

नेपाली सेनाका अनुसार, कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले  उक्त तालिमको प्रथम प्रवचन गर्नु भएको थियो । नेपाली सेनामा संचालन हुनै सबैभन्दा उच्च स्तरको उक्त तालिम नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा वि.सं. २०७१ बाट शुरु भएको हो । नेपाली सेनाका महासेनानी दर्जाका अधिकृतहरु मात्र समावेश गरी संचालन गरिने उक्त तालिममा ३० जना महासेनानीहरुको सहभागिता रहेको थियो ।

महिला सैनिक अधिकृत ५ जना सहित हालसम्म जम्मा २०८ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।यस तालिममा महासेनानी नारायण बहादुर थापा समग्र तालिममा प्रथम हुनु भएको छ भने महासेनानी प्रकाश बहादुर चन्द शोधपत्र तर्फ प्रथम हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।