• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

मुस्ताङ बस दुर्घटनामा लिवर्टी कलेजका २१ विद्यार्थी घाइते



symbolic picture

काठमाडौँ । मुस्ताङमा काठमाडौँको लिवर्टी कलेजको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी २१ जना विद्यार्थी घाइते भएका छन् ।

मुक्तिनाथ,जोमसोम शैक्षिक भ्रमणमा जादैँ गर्दा प्रदेश न.३–०१–००६ ख ६२२ नम्बरको बस कागबेनी मोडमाथि दुर्घटनामा परेको हो ।

बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १४ पुरूष र ७ जना महिला रहेका छन् । घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।