६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड



अ+ अ-

तेल अविव । मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमए) ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षमा रेकर्ड गरिएको वर्षहरूमा बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ ।

आइएमएसले बिहीबार दिउँसो ४० दशमलव सात डिग्री सेल्सियस मापन गरेको छ । यो सन् १९३९ मा मापन गरिएको ४० दशमलव चार डिग्री सेल्सियसभन्दा धेरै तातो थियो । यभने र नित्जन समुदायमा पनि यस्तै प्रकारको कीर्तिमान तोडिएको आइएमएसले बताएको छ ।

मौसमका बावजुद इजराइलीहरू पासओभर पर्वका लागि एक साताको बिदाको आनन्द लिँदै मुलुकका पार्कमा निक्लेका छन् । प्रकृति तथा पार्क प्राधिकरणले दिउँसोसम्म ५५ हजार मानिस पार्क तथा प्राकृतिक आरषामा प्रवेश गरिसकेको बताएको छ । प्राधिकरणले बाहिरबाट आउनेहरूलाई पर्याप्त मात्रामा पानी र सनस्क्रिन ल्याउन आग्रह गरेको छ । इजराइली तटका सबै समुद्री तटमा पनि मानिसहरूको खचाखच थियो ।

यसैबीच स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ ।