४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल साल्टले तोडे सौरभ गांगुलीको १४ वर्ष पुरानो कीर्तिमान



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को ४७ औं खेलमा सोमबार कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई २१ बल बाँकी रहँदा ७ विकेटले पराजित गर्यो । यो जितसँगै केकेआर प्लेअफमा पुग्ने सम्भावना नजिक पुगेको छ ।

इडेन गार्डेनमा भएको खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

जवाफमा केकेआरले १६.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । केकेआरलाई सहज जित दिलाउनको श्रेय ओपनर फिल साल्टलाई जान्छ, जसले ब्याटिङमा आतंम मच्चाए ।

फिल साल्टले दिल्लीविरुद्ध मात्र ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ६८ रन बनाए । यस क्रममा फिल साल्टले पूर्व कप्तान सौरभ गांगुलीको १४ वर्ष पुरानो कीर्तिमान पनि तोडे ।

फिल साल्ट आईपीएल सिजनमा केकेआरका लागि इडेन गार्डेनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । साल्टले चालू सिजन इडेन गार्डेनमा ६ इनिङ्समा ६८.८ को औसत र १८६ को स्ट्राइक रेटमा ३४४ रन बनाएका छन् ।

फिल साल्टले २०१० मा इडेन गार्डेनमा सात इनिङमा ३३१ रन बनाएका सौरभ गांगुलीको कीर्तिमान तोडेका हुन् । यो सूचीमा तेस्रो स्थानमा आन्द्रे रसेल छन्, जसले ७ इनिङ्समा ३११ रन बनाएका छन् । क्रिस लिनले २०१८ सिजनमा ९ इनिङ्समा ३०३ रन बनाएका थिए । गत वर्ष इडेन गार्डेनमा रिंकु सिंहले ७ इनिङ्समा २८० रन बनाएका थिए ।