• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

फिल साल्टले तोडे सौरभ गांगुलीको १४ वर्ष पुरानो कीर्तिमान



एजेन्सी । आईपीएल २०२४ को ४७ औं खेलमा सोमबार कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई २१ बल बाँकी रहँदा ७ विकेटले पराजित गर्यो । यो जितसँगै केकेआर प्लेअफमा पुग्ने सम्भावना नजिक पुगेको छ ।

इडेन गार्डेनमा भएको खेलमा दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

जवाफमा केकेआरले १६.३ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । केकेआरलाई सहज जित दिलाउनको श्रेय ओपनर फिल साल्टलाई जान्छ, जसले ब्याटिङमा आतंम मच्चाए ।

फिल साल्टले दिल्लीविरुद्ध मात्र ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ६८ रन बनाए । यस क्रममा फिल साल्टले पूर्व कप्तान सौरभ गांगुलीको १४ वर्ष पुरानो कीर्तिमान पनि तोडे ।

फिल साल्ट आईपीएल सिजनमा केकेआरका लागि इडेन गार्डेनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । साल्टले चालू सिजन इडेन गार्डेनमा ६ इनिङ्समा ६८.८ को औसत र १८६ को स्ट्राइक रेटमा ३४४ रन बनाएका छन् ।

फिल साल्टले २०१० मा इडेन गार्डेनमा सात इनिङमा ३३१ रन बनाएका सौरभ गांगुलीको कीर्तिमान तोडेका हुन् । यो सूचीमा तेस्रो स्थानमा आन्द्रे रसेल छन्, जसले ७ इनिङ्समा ३११ रन बनाएका छन् । क्रिस लिनले २०१८ सिजनमा ९ इनिङ्समा ३०३ रन बनाएका थिए । गत वर्ष इडेन गार्डेनमा रिंकु सिंहले ७ इनिङ्समा २८० रन बनाएका थिए ।