२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह(भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  पेशागत विशेष जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनःबहुमतसहितको सरकार बन्ने उद्घोष गर्नुभयो । 
उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गर्नुभयो । उहाँले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पु¥याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताउनुभयो । 
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट गर्नुभयो ।

उहाँले आफूहरुले उहिल्यै गणतन्त्रका लागि व्यवस्थित अभियान चलाइसकेको र लोकतान्त्रिक आन्दोलनताका संयुक्त आन्दोलनको विकल्प नभएका बेला कांग्रेस विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने र आन्दोलनको माग स्पष्ट हुनुपर्ने आफ्नो तर्क रहेको स्मरण गराउनुभयो ।
पहिलो संविधानसभालाई आफूहरुले नभई अरुले विघटन गराएको र बल्लबल्ल पुनः निर्वाचन गरी अनेक शक्तिले रोक्न खोज्दा पनि संविधान जारी गराएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल शुरु भएको आरोप लगाउनुभयो ।
 पार्टी र कम्युनिष्ट आन्दोलनमा शुद्धीकरण आवश्यक भइसकेको थियो भन्दै उहाँले प्रश्न गर्नुभयो, “आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध यसरी सडकमा सत्तोसराप गर्नेहरुका बीचमा मैले यसबीचमा कसरी काम गरेँ हुँला ? विश्वमा यसरी कुनै पार्टी चलेको देख्नुभएको छ रु”
कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नाको औचित्य नभएको बताउनुभयो । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री रायमाझीले शान्ति प्रक्रियामा आइसकेपछि  अब युद्धको धङ्धङीको काम नभएको पनि जनाउनुभयो ।
पेशागत कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले नयाँ स्थितिमा पेशागत क्षेत्रका कार्यकर्तालाई एकताबद्ध र सक्रिय हुन आग्रह गर्नुभयो । सो कमिटीका सचिव समीर नेपालले पार्टीले यही माघ २३ गते काठमाडौँमा जनसभा आयोजना गर्ने जानकारी दिनुभयो ।