काठमाडौ । गितकार कल्पना भण्डारीको सधैँ सुनुँ सुनुँ लाग्ने गजल यूटुब मार्फत सार्बजनिक भएको छ । गजल गायनमा अब्बल गायक जगदीश समालको स्वरमा सजिएका गजलमा नारायण सुबेदी आभासले संगीत दिनुभएको छ ।
निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा चर्चित अभिनेता दयाहङ राई र उषा रजकको अभिनय रहेको छ । बुद्ध थापाले छायाकंन गरेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका छन् ।











