२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आईपीएल: लखनउविरुद्ध जितको खोजिमा मुम्बई



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४८ औं खेलमा आज लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ । लखनउको घरेलु मैदान भारत रत्न श्री अटल बिहारी वाजपेयी स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५बजेबाट सुरु हुनेछ ।

यो सिजनमा आज लखनउ र मुम्बईबीचको पहिलो खेल हुन लागेको हो । यस सिजनमा ९ खेल खेलिसकेको लखनउ ५ जित निकाल्दै १० अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ । उता मुम्बई भने ९ खेलमा ३ जित हात पार्दै ६ अंकसहित तालिकाको नवौं स्थानमा छ ।

हेड टु हेडमा लखनउ अगाडि

आईपीएलमा लखनउ र मुम्बईबीच ४ खेल खेलिएको छ । जसमा लखनउले तीन खेल जितेको छ भने मुम्बई एक खेल मात्र जितेको छ ।

राहुल एलएसजीका सर्वाधिक रन स्कोरर

एलएसजीका कप्तान केएल राहुल यो सिजन टोलीका सर्वाधिक रन स्कोरर हुन्। उनले अहिलेसम्म १४४.२७ को स्ट्राइक रेटमा ३७८ रन बनाएका छन्। युवा खेलाडी यश ठाकुरले ८ खेलमा ९ विकेट लिएका छन् ।

तिलक वर्मा एमआईको सर्वाधिक स्कोरर

तिलक वर्मा एमआईबाट फर्ममा छन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै कठिन परिस्थितिमा टोलीलाई सम्हालिरहेका छन्। तिलकले ३ अर्धशतकसहित ३ सय ३६ रन बनाएका छन् । उनले अहिलेसम्म ९ खेलमा १४ विकेट लिएका छन् ।

लखनऊ सुपरजायन्ट्सको सम्भावित प्लेईङ​ ११:

केएल राहुल (कप्तान र विकेटकीपर), क्विन्टन डी कक, दीपक हुडा, मार्कस स्टोइनिस, निकोलस पूरन, आयुष बडोनी, क्रुणाल पाण्ड्या, म्याट हेनरी, रवि बिश्नोई, यश ठाकुर र मोहसिन खान।

इम्प्याक्ट प्लेयर: देवदत्त पडिक्कल।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ​ ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), तिलक वर्मा, नेहल वढेरा, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, लुक वुड, जसप्रित बुमराह र नुवान थुसारा।

इम्प्याक्ट प्लेयर: सूर्यकुमार यादव।