६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

फेरि चम्किए प्रबल, अमेरिकी उपराष्ट्रपति ह्यारिसले लगाइन् प्रबलले डिजाइन गरेको ड्रेस

फेरि चम्किए प्रबल, अमेरिकी उपराष्ट्रपति ह्यारिसले लगाइन् प्रबलले डिजाइन गरेको ड्रेस
अ+ अ-

काठमाडौंः अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि ड्रेस डिजाइन गरेर नेपाली मुलका अमेरिकी नागरिक प्रबल गुरुङ फेसन डिजाइनको दुनियाँमा फेरि चर्चामा आएका छन् ।

प्रबलले डिजाइन गरेको ड्रेस लगाएर ह्यारिसले उपराष्ट्रपति पदको सपथ लिएकी छिन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसले सपथ ग्रहणकाे विशेष समारोहमा राष्ट्रपति र उपराष्ट्रपति पदको सपथ लिएका थिए ।

ह्यारिसले समारोहमा प्रबलले डिजाइन गरेको कलेजी रंगको ड्रेस लगाएकी थिइन् । पर्पल कलरका कपडा लगाउने प्रचलन अमेरिकी राष्ट्रपति जर्ज वासिङटनको सपथ समारोहदेखि शुरु भएको हो । ह्यारिसले भने पर्पल कलर मिश्रित कलेजी (बेरी) रंगको ड्रेस लगाएकी थिइन् ।

यो रंगमा ह्यारिसको प्रतिभा अझ खुलेको अमेरिकी अखबार इल्लीले लेखेको छ ।

प्रबलले यसअघि पनि ह्यारिसका लागि ड्रेस डिजाइन गर्ने गरका थिए । दक्षिण एसियाली मुलकी भएकीले पनि ह्यारिस र प्रबलको सम्बन्ध विगतदेखि नै निकट रहेको अमेरिकी अखबारहरुले लेखेका छन् ।

हुनत, अमेरिकाका सम्भ्रान्त र चर्चित महिलाका लागि ड्रेस डिजाइन गरिसकेका प्रबलका लागि यो कुनै नयाँ घटना भने होइन । अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामा र अमेरिकी कलाकार ओपराह त उनका फ्यान नै हुन् ।  

सन् २०१९ मा १०औं वर्षगाँठको अवसरमा प्रबलले “को अमेरिकी हो ?” भन्दै अनौठो प्रश्न पनि गरेका थिए । उनले त्यस अवसरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीबीच ल्याएको फाटोमाथि व्यङ्ग्य पनि गरेका थिए ।

सिंगापुरमा जन्मेर काठमाडौंमा हुर्के बढेका र अहिले न्यूयोर्कलाई कर्मथलो बनाएका प्रबल अमेरिकी सपना (अमेरिकन ड्रिम) को खोजीमै छन् । ह्यारिसले आफूले डिजाइन गरेको ड्रेस लगाएको देखेर आफू भावुक र गौरवान्वित भएको इल्ली अखबारलाई बताएका छन् ।

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि प्रबललाइ झण्डै एक वर्षअघि नेपालस्थित अमेरिकी दूतावासमा भेटेकाे बताउँदै प्रबलले डिजाइन गरेकाे ड्रेसमा उपराष्ट्रपति ह्यारिस अझै राम्री र उत्कृष्ट देखिनु भएकाे प्रतिकृया दिनु भएकाे छ ।