• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी ★   पदमुक्त भए गण्डकीका मन्त्री देवकोटा ★   ३७ वर्षपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, टी–२० विश्वकपमा भने पहिलोपटक ★   २०८३ चैतसम्म काठमाडौँ–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन्: मन्त्री उप्रेती ★   गोलीबारी मामिलामा सलमानले भने – मलाई निशाना बनाइएको छ

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित विजयी



इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार सुहाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले लगातार चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।

यसअघि २०७९ को निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट नेकपा एमालेकै सुवास नेम्वाङ ११४ मतान्तरले विजयी भएका थिए । यस पटक उनै सुवासका पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

इलाम क्षेत्र नम्बर २ मा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थगिम तेस्रो भएका छन् । प्रदेश–१ लाई कोशी प्रदेश नामकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार बनेका थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे ।

निकै तामझामका साथ प्रचारमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सकेनन् ।