• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित विजयी



इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार सुहाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले लगातार चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।

यसअघि २०७९ को निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट नेकपा एमालेकै सुवास नेम्वाङ ११४ मतान्तरले विजयी भएका थिए । यस पटक उनै सुवासका पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

इलाम क्षेत्र नम्बर २ मा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थगिम तेस्रो भएका छन् । प्रदेश–१ लाई कोशी प्रदेश नामकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार बनेका थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे ।

निकै तामझामका साथ प्रचारमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सकेनन् ।