• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी उन्मुख, कांग्रेसका खड्काभन्दा ६६२८ मतले अगाडि, मिलनलाई ३६०३ भोट



इलाम : प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । नेकपा एमालेका सुहाङ नेम्वाङ जिततर्फ पाइला अघि बढाइरहेका छन् ।

सोमबार राति ११ बजेसम्म ५१ हजार ४ सय ४ मत गणना गर्दा एमालेका सुहाङले २१ हजार ३ सय ८० मत प्राप्त गरेका छन् । नेम्वाङभन्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार ६ सय २८ मतले पछि छन् । खड्काले १४ हजार ७ सय ५२ मत ल्याएका छन् ।

तेश्रो स्थानमा पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह थेगिम छन् । उनको १० हजार १ सय ४६ मत छ । थेगिमलाई पछ्याइरहेका रास्वपाका मिलन लिम्वुले ३ हजार ६ सय ३ मत पाएका छन् ।

यो क्षेत्रमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ३ सय ७१ मत ल्याएका छन् । यसैगरी राप्रपाका लक्ष्मी गुरुङले १ सय ४९, सीके राउत नेतृत्वका जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले १ सय २ र नेमकिपाका श्यामबहादुर दर्जीले २० मत पाएका छन् ।