• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

दर्शकको साथ पाए नेपाली चलचित्रले



काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले नेपाली चलचित्रलाई साथ दिन थालेका छन् । गत वर्ष नेपालमा विदेशी चलचित्रको प्रभाव रहेको र स्वदेशी चलचित्रलाई प्रदर्शकले नै बेवास्ता गरेको आरोप थियो । त्यही आरोप लगाएर केही निर्माताले चलचित्रको प्रदर्शनसमेत स्थगित गरेका थिए । यद्यपि गत वर्षको चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरूगरिएको चलचित्र ‘महाजात्रा’ पछि प्रदर्शन गरिएको ‘डिग्री माइला’, ‘बोक्सीको घर’ लाई दर्शकले साथ दिएका छन् ।

‘महाजात्रा’ को यात्रा ५१ औँ दिन उन्मुख छ । लेखक तथा निर्देशक प्रदीप भट्टराईका यसअगाडिका चलचित्रहरूले पनि ५१ औँ दिन पूरा गरेकाले यसपटक पनि त्यो आशा गर्न सकिन्छ । “अहिले दर्शकले नेपाली चलचित्रलाई साथ दिइरहनुभएको छ । यसले हामीलाई उत्साहित बनाएको छ । समग्रमा यो चलचित्रका लागि सुखद सुरूआत हो”, निर्देशक भट्टराईले भन्नुभयो।

चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतले अभिनय गर्नुभएको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको रामबाबु गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘डिग्री माइला’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्रले रु छ करोडभन्दा बढीको ‘ग्रस कलेक्सन’ गरिसकेको निर्माता मणिराम पोखरेलले जानकारी दिनुभयो । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई तयार गरिएको चलचित्रमा दयाहाङ राई शीर्ष भूमिकामा हुनुहुन्छ ।

“यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र बेरोजगार युवाको अवस्थालाई माइला पात्रमार्फत व्यक्त गरिएको छ”, अभिनेता राईले भन्नुभयो,“यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पूरा भएको छ । अब यो कथा धेरैसम्म पुर्‍याउनु छ ।” गत वर्ष चैत ३० गतेदेखि प्रदर्शन गरिएको चलचित्रमा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, गत वैशाख १४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बोक्सीको घर’ लाई पनि दर्शकले उस्तै साथ दिएका छन् । शुक्रबार आधुनिक चलचित्र भवन ९मल्टिप्लेक्स० मा प्राप्त अधिकांश ‘शो’हरू भरिभराउ थिए । शनिबार पनि सोही क्रमले निरन्तरता पायो । विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएकी अभिनेत्री केकी अधिकारी दर्शको उत्साहजनक उपस्थिति देखेर दङ्ग हुनुहुन्छ ।

“सुरुआती समयमै हामीलाई विश्वास गरेर दर्शक हलसम्म आइ्हन्भएको छ । यसले हामीले पनि जिम्मेवारी बढेको महसुस गरेका छौँ । दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनु भएको छ”,अभिनेत्री अधिकारीले भन्नुभयो । सुलक्षण भारतीको लेखन तथा निर्देशन गर्नुभएको चलचित्रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोलालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

केही समययता नेपाली चलचित्रमा दर्शकको उपस्थिति उत्साहजनक हुनु सुखद पक्ष रहेको वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“विदेशी चलचित्रको उपस्थिति कमहुनु र नेपाली चलचित्रमा सुरुआती व्यापार नै उत्साहजनकहुनुले यो वर्ष राम्रो हुने सङ्केत गरेको छ । दर्शकलाई चलचित्र मन पर्दासम्म अब समय मिल्दा नेपाली चलचित्रमै आउनुहुन्छ भन्ने हाम्रो अनुमान छ ।” नेपाली चलचित्रमा केही समयसम्म यसरी नै दर्शक देखिए यो वर्ष विदेशी चलचित्रलाई विस्थापित गर्दै नयाँ रेकर्ड बन्नसक्ने उहाँको विश्लेषण छ ।