• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि ★   टी–२० विश्वकप: पाकिस्तानले अमेरिकासँग खेल्दै ★   वित्तीय समानीकरण अनुदान २५ प्रतिशतका दरले चार किस्तामा वितरण गरिन्छ: अर्थमन्त्री पुन ★   पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा ★   इँटा भट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित ★   सङ्खुवासभामा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु ★   अत्याधिक गर्मीले बाँकेमा छालाका  बिरामी बढे ★   बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको हो: अर्थमन्त्री पुन ★   अस्ट्रेलियाका लागि विश्वकप जिताएका प्याट कमिन्स पानी दिँदै देखिए ★   हुरीबतासको क्षति: बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै



symbolic picture

बागमती । पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेङ्गी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीमध्ये हेटाँैडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेङ्गु सङ्क्रमित फेला परेका छन् । डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेङ्गु सङ्क्रमित भएका थिए । गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्नसक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रमुख मिजारको भनाइ छ । रासस