९ मंसिर २०८१, आईतवार
,
Latest
मिचल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा अनुबन्धित जोस बटलर १५ करोड ७५ लाखमा गुजरातमा अनुबन्धित श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा पञ्जावले किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटक घटे आईपीएल अक्सनः रबाडा १० करोड ७५ लाखमा गुजरातमा अनुबन्धित आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित भएको हो । योसँगै ५ खेलको सिरिज १–१ भएको छ ।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५० रनमात्रै बनाउन सक्यो । नेपालका कप्तान रोहित पौडेलले ७१ रनको अविजित इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै, गुलशन झाले २६, लोकेश बमले १७, आरिफ शेखले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ वेस्ट इन्डिज ए का ओवेड म्याककोइ, गुदाकेश मोतीले २–२ विकेट लिँदा ओशाने थोमस र रोस्टोन चेजले १–१ सफलता हात पारे । नेपालका तीन ब्याट्सम्यान रनआउटको शिकार बने ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १६० रन जोड्यो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले ३६ बलमा ४३, गुदाकेश मोतीले ८ बलमा ३३ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे । रोस्टोन चेजले २२ बलमा २३ रन जोडे ।

यस्तै, जोनसन चाल्र्सले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिँदा सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । यस्तै, सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।