७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन अपडेट: बझाङमा सर्वदलीय बैठक जारी



अ+ अ-

चैनपुर। बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक जारी रहेको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उहाँले बताउनुभयो ।

शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।