• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   डिजिटल अर्थतन्त्रको बिस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न आयोग गठन गर्न लागिएको हो: अर्थमन्त्री… ★   मेलम्चीमा गलत विकासका कारण विपद्जन्य घटना भए, क्षतिपूर्ति माग्नुपर्छ: कल्याण श्रेष्ठ ★   घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक ★   हुरीले मकै बालीमा क्षति ★   प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन: महामन्त्री थापा ★   रोहितलाई आज धोनीको रेकर्ड तोड्ने मौका ★   तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा ★   गगन थापाको प्रश्न: ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार के हो ? ★   अमेरिकामा रायडेनलाई स्वर्ण ★   प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा, मन्त्रिपरिषद् भंग गर्न सिफारिस

राष्ट्रपतिद्वारा सरकारले पठाएका लगानीमैत्री अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केही अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधारका लागि सरकारले ९ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६, औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गरिएको हो ।