• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

अचम्मको आविष्कार ! बालबालिका बढेसँगै आफैं फैलन्छ लुगा



एजेन्सी । स–साना बालबालिकामाथि हुने खर्च ठूला हुन्छन् । तर अब यो समस्याको समाधान निस्किएको छ । बेलायतका एक युवा आविष्कारकले एउटा यस्तो लुगा बनाएका छन् जुन बच्चासँगै बढ्छ ।

केही समय अघि बेलायतका २४ वर्षीय रियान यासिनले यस्तो कपडा बनाएका छन् जो बालबालिका बढेसँगै आफैं फैलने गर्दछ । यो आविष्कारमा उनले जेम्स डायसन अवार्ड पनि पाएका छन् ।

रोयल कलेज अफ आर्टका ग्रेजुएट रियानले यस्तो कपडा बनाएका छन् जसको संरचना ओरिगेमीजस्तो छ । ओरिगेमी एक जापानी पेपर आर्ट हो जसमा कागजलाई मोडेर विभिन्न आकृति बनाइन्छ । जब पट्याइएको कागजलाई खोलिन्छ तब आकृति बढ्दै जान्छ ।

यी कपडामा हाइड्रोफोबिक कोटिङ पनि लगाइएको छ जसका कारण यो वाटरप्रुफ बनेको छ । कपडाको बाहिरी पत्रमा माथिबाट तल फर्किएको एउटा ग्रिडजस्तो देखिने फोल्ड हुन्छ जसका कारण पानीले कपडालाई भिजाउन सक्दैन ।

बच्चा जति ठूलो भयो, शरिरको आकार प्रकार अनुसार यो लुगा फिट हुने गर्दछ । यद्यपी, यसमा एउटा कमी पनि छ । यो सिन्थेटिक कपडा हो । आमा–बुवाले सायद यो कपडा आफ्नो बच्चालाई लामो समयसम्म लगाइदिन चाहन्नन् । यसलाई सफा गर्न कुनै समस्या नहुने र लामो समयसम्म टिक्ने बताइएको छ ।

यी कपडालाई पेटिट प्ली नाम दिइएको छ । यसको आविष्कारका लागि रियानलाई एक वर्षको समय लाग्यो । यसमा उनले करिब २ लाख ५० हजारभन्दा बढिको जेम्स डायसन अवार्ड पनि पाएका छन् ।