२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

अचम्मको आविष्कार ! बालबालिका बढेसँगै आफैं फैलन्छ लुगा

अचम्मको आविष्कार ! बालबालिका बढेसँगै आफैं फैलन्छ लुगा
अ अ+ अ-

एजेन्सी । स–साना बालबालिकामाथि हुने खर्च ठूला हुन्छन् । तर अब यो समस्याको समाधान निस्किएको छ । बेलायतका एक युवा आविष्कारकले एउटा यस्तो लुगा बनाएका छन् जुन बच्चासँगै बढ्छ ।

केही समय अघि बेलायतका २४ वर्षीय रियान यासिनले यस्तो कपडा बनाएका छन् जो बालबालिका बढेसँगै आफैं फैलने गर्दछ । यो आविष्कारमा उनले जेम्स डायसन अवार्ड पनि पाएका छन् ।

रोयल कलेज अफ आर्टका ग्रेजुएट रियानले यस्तो कपडा बनाएका छन् जसको संरचना ओरिगेमीजस्तो छ । ओरिगेमी एक जापानी पेपर आर्ट हो जसमा कागजलाई मोडेर विभिन्न आकृति बनाइन्छ । जब पट्याइएको कागजलाई खोलिन्छ तब आकृति बढ्दै जान्छ ।

यी कपडामा हाइड्रोफोबिक कोटिङ पनि लगाइएको छ जसका कारण यो वाटरप्रुफ बनेको छ । कपडाको बाहिरी पत्रमा माथिबाट तल फर्किएको एउटा ग्रिडजस्तो देखिने फोल्ड हुन्छ जसका कारण पानीले कपडालाई भिजाउन सक्दैन ।

बच्चा जति ठूलो भयो, शरिरको आकार प्रकार अनुसार यो लुगा फिट हुने गर्दछ । यद्यपी, यसमा एउटा कमी पनि छ । यो सिन्थेटिक कपडा हो । आमा–बुवाले सायद यो कपडा आफ्नो बच्चालाई लामो समयसम्म लगाइदिन चाहन्नन् । यसलाई सफा गर्न कुनै समस्या नहुने र लामो समयसम्म टिक्ने बताइएको छ ।

यी कपडालाई पेटिट प्ली नाम दिइएको छ । यसको आविष्कारका लागि रियानलाई एक वर्षको समय लाग्यो । यसमा उनले करिब २ लाख ५० हजारभन्दा बढिको जेम्स डायसन अवार्ड पनि पाएका छन् ।