• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक ★   गृहमन्त्री लामिछानेको गुनासो: सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन ★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन ★   बजेटले अर्थतन्त्रलाई थप गति दिन्छः अर्थमन्त्री पुन ★   समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

इलाम २ को मतगणना आज बिहानबाट थालिने



काठमाडौँ । इलाम २ को मतगणना आज आइतबार बिहानबाट सुरु गरिँदै छ । मतगणना स्थलमा मतपेटिका आइपुग्न समय लागेपछि आज बिहानबाट मात्र मतगणना गरिने भएको हो ।

बिहान ७ बजे सर्वदलीय र पक्षीय बैठक राखेर मात्र मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

मतगणना स्थलमा सुरक्षा तारवार र सिसि क्यामारा जडान गरि तयार अवस्थामा राखिएको छ ।

यस क्षेत्रमा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मतदान भएको छ ।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।