• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा लिभरपुललाई धक्का लागेको छ । भर्खरै सम्पन्न खेलमा उसले वेस्टहाम युनाइटेडसँग अंक बाँड्यो ।

वेस्टहामको घरेलु मैदान लण्डन स्टेडियममा दुबै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । खेलको ४३ औं मिनेटमा जोरोर्ड बोइनले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४८ औं मिनेटमा एन्ड्रीउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई १–१ को बराबरी गोल फर्काए । त्यसपछि ६५ औं मिनेटमा एस्टन भिल्लाका गोलकिपर अल्फेन्सो एरोइलाले आत्मघाती गोल गर्दा लिभरपुल २–१ ले अघि बढ्यो ।

कोडी गाक्पोले प्रहार गरेको बल वेस्टहामका डिफेन्डरलाई लाग्दै एरोलालाई छोएर गोल हुन पुगेको थियो ।

७७ औं मिनेटमा माइकल एन्टोनिओले हेडरमार्फत सुन्दर गोल गर्दै वेस्टहामलाई २–२ को बराबरीमा ल्याएर हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुल ३५ खेलबाट ७५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । आर्सनल ३४ खेलबाट ७७ अंकसहित शीर्षस्थानमा रहँदा ३३ खेल खेलेको म्यान्चेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा छ ।