१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन



अ+ अ-

काठमाडौँ । पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारबिरुद्ध प्रदर्शन गरेका छन् ।

पुँजी बजार संघर्ष समितिको आह्वानमा शनिवार काठमाडौंको माईतीघर मण्डलामा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षा गर्न सरकारसँग माग गर्दै प्रर्दशन गरिएको हो ।

पुँजी बजारमा खर्बौंको स्वदेशी लगानी डुबीराख्दा पनि सरकारले वास्ता नगरेकाले त्यसको बिरोधमा संघर्ष गर्नुपरेको नेपाल सेयरधनी संघका महासचिव सुरक्षा खडकाले बताउनु भयो । उहाँले स्वदेशी लगानीकर्ताहरु मारमा परेका बेला सरकारले नेपालमा लगानी सम्मेलन आयोजना गरेर हास्यास्पद काम गरेको जिकिर पनि गर्नुभयो ।

महासचिव खडकाले भन्नुभयो, ‘स्वदेशी लगानीको संरक्षण गर, होइन भने स्टक मार्केट बन्द गर भन्ने नाराका साथ हामीले आजबाट शान्तिपूर्ण रुपमा आन्दोलन शुरु गरेका छौं । हामीले मोटरसाईकल र्‍याली पनि आयोजना गर्नेछौँ । राष्ट्र बैंकको नीति, जुन ३ वर्ष अघि लिएको थियो । त्यसले धेरै लगानीकर्ताहरुको खर्वाै रकम डुबिसकेको अवस्था छ । अनि उसको त्यो खराब नीतिको कारणले जुन संकटको बेला लिएको नीति थियो । तर त्यो नीति तरलता सहज हुँदा पनि लिईराख्नु हामी लगानीकर्ताहरुलाई ठूलो मारमा पारी राक्नु हो । अनि, स्वदेशी लगानीकर्ताहरुलाई मारेर, स्वदेशी लगानीकर्ताहरुलाई रुवाएर विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न आउ भनेर जुन सम्मेलन गर्दैछ । त्यो चाहीँ एकदमै हाँस्यास्पद कुरा छ । त्यो जुन अहिले अर्थ मन्त्रालयले लगानी सम्मेलन गर्दैछ । स्वदेशी लगानीकर्ताहरु यहाँ रोइराखेका छन् । स्वदेशी लगानीकर्ताहरुको सुरक्षा छैन । स्वदेशी लगानीकर्ताहरु यहाँ लगानीको वातावरण नदेखेर विदेश पलायन भईराखेका छन । यो सरकारको नीति के हो ?’

उनीहरुले पुँजी बजार सुधारका लागि आवश्यक नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएका छन् । पूँजी बजारमा स्वदेशी लगानीकर्ताहरुको उद्धार गर्न सरकारलाई दबाब दिन सडक संघर्ष पुन: शुरु परेको अर्को सेयरधनी तिलक कोेईरालाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले यो पुँजी बजारमा गर्नुपर्ने सुधार बिस्तारका कामहरु नगरेर पुँजी बजार डुबाउने काम गरेको हुँदाखेरी यो नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न र पुँजी बजारलाई उद्धार गर्ने काम तत्काल गरोस् भनेर लगानीकर्ताहरु प्रर्दशनमा उत्रिएका हुन । एकातिर स्वदेशी लगानीकर्ताहरुलाई डुबाउने, अर्कोतिर विदेशी लगानीकर्ताहरुलाई ल्याउँछौं भनेर करोडौं खर्च गर्ने फजुल खर्च गरेर नेपाली राजस्वबाट उठेको पैसा दुरुपयोग गर्ने काम सरकारले गरिरहेको छ । त्यसको पनि खबरदारी हो । र, यो हाम्रो निरन्तरको कार्यक्रम अघि बढिराखेको छ ।’

प्रदर्शनीको क्रममा उनीहरुले स्वदेशी लगानीको सुरक्षा गर्न दवाव दिने खालको प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।