२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले प्रचण्डलाई मान्ने, माधवलाई नचिन्ने   !



अ+ अ-

काठमाडौं । निर्बाचन आयोगले नेकपाको विवाद निरुपण गर्ने क्रममा दुवै समूहलाई फुटको क्रियाकलापका रुपमा नचिन्ने संकेत दिएको छ । माधव प्रचण्ड समूहले आफूहरुले नेकपाको मान्यता पाउनुपर्ने दाबी गरिरहेकै छन् भने उता अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पनि आफू नै आधिकारिक रहेको र अर्काे समूह फुटेर गएको बताएका छन् । 

यसैकारणले निर्वाचन आयोगलाई निर्णय दिन गाह्रो भएको थियो । त्यसैले निर्वाचन आयोगले यसअघि फुटेको भनी आएका अभिव्यक्तिहरुको बीचमा बसेर निर्णय गर्ने भएको स्रोतले जनाएको छ । स्रोतले जनाएअनुसार आयोगले नेकपाको अध्यक्षका रुपमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको अध्यक्षका रुपमा नै मान्ने भएको छ । 

आयोगको स्रोतका अनुसार ओली पक्षले प्रचण्डलाई अध्यक्षबाट हटाएको कुरा नमान्ने भएको छ । पार्टीको निर्णय तथा दस्ताबेजहरुबाट हेर्दा आयोगले न प्रचण्डलाई पार्टी अध्यक्षबाट हटाएको कुराको वैधानिकता देखेको छ र नत माधव नेपाललाई पार्टीको अध्यक्षमा चयन गरेको कुरा चिन्ने भएको छ । 

यसरी हेर्दा आयोगले पार्टी दुई समूहमा विभाजन हुनुभन्दा पहिलेको अर्थात् संसद विघटना हुनुभन्दा पहिलेको अवस्थाका रुपमा मात्र चिन्ने भएको छ । सोही बमोजिम आयोगले निर्णय दिनेगरी काम गरिरहेको बताइएको छ । 

आयोगले अब छिट्टै नै नेकपाको विवादको निरुपण गर्ने भएको हो । आयोगका एकजना वरिष्ठ अधिकारीले भने, मलाई लाग्छ आयोगले संसद विघटनपछि नेकपामा विकसित कुनै पनि क्रियाकलापलाई चिन्दैन, उही पहिलेकै अवस्थामा जान्छ । उनका अनुसार यदि यसो भयो भने राजनीतिक दल दर्ताका रुपमा पार्टीलाई आह्वान गर्नेछ र सोही बमोजिम दल दर्ता हुने छ । 

अहिले संसद नरहेकोले संसदको ६० या ४० प्रतिशतका आधारमा दलले फुटेको मान्यता पाउने प्रावधान पनि लागू नहुने भएकोले अब नयाँ दल दर्तामा नै जाने देखियो, ती अधिकारीेले भने । 

यसो हुँदा अहिले ओली समूहको पक्षमा रहेको नेकपाकै पक्षमा सूर्य चिन्ह रहन सक्ने देखिएको छ । तर सूर्य चिन्ह्का बारेमा भने यसको आधिकारिक रुपमा निर्णय नआउँदासम्म केही भन्न भने नसकिने ती अधिकारीले बताए । 

यता आजै नेकपाको नेपाल दाहाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । सो समूहको आज बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।