• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगविरुद्ध दायर गरेका मुद्दामा सर्वोच्चले मिसिल झिकाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

यस्तै, मुद्दाको सुनुवाइका लागि अर्को पेसी वैशाख १८ गतेलाई तोकिएको छ ।

निर्वाचन आयोगले अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भनी रिट दायर गरेका थिए ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशमलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।