२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्धारा नेकपाका दुवै समूह अमान्य



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले हालै संसद विघटनपछि नेकपाका दुई पक्ष (प्रचण्ड नेपाल र ओली) का क्रियाकलापलाई मान्यता दिन मानेन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको दुबै समूहले पछिल्ला केही दिनयता गरेक छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ । 

नेकपा दुवै पक्षले आ आफूले नेकपाको मान्यता पाउनुपर्छ भनी दाबी गर्दै आएका थिए । तर आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । दुबै समूहले आफ्नो पक्षलाई मान्यता दिनुपर्ने दाबी सहित विवरण संशोधन गर्न दाबी गरेका थिए । तर ती दुवै कार्य विधानसम्मत नदेखिएको आयोगले जनाएको छ । 

यसअघि दाहाल र नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएका थिए । त्यसपछि एक अध्यक्षमा माधवकुमार नेपाललाई नियुक्त गरिएको थियो । उता ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो । त्यस्तै ओली समूहले पनि दाहाललाई पार्टी अध्यक्षबाट हटाएको निर्णय गरेको थियो । तर यी दुवै कार्यलाई वैधानिक मान्यता दिन नसकिने आयोगको आइतबार बसेको बैठकको निर्णयमा छ । 

नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न निर्वाचन आयोगले यसअघि नै सात दिने म्याद दिएको थियो । तर दुवै समूहले त्यो निर्णय सच्याउने भन्दा पनि आफूहरु नै वैधानिक भनी दाबी मात्र गरिरहेका थिए ।