२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा



अ+ अ-

एजेन्सी । भारतको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधवार एक निजी बैंक, कोटक महिन्द्रा बैंकलाई पर्यवेक्षण कारबाहीको घोषणा गरेको छ ।

आफ्नो अनलाइन र मोबाइलमार्फत नयाँ ग्राहकहरू अनबोर्डिङ गर्न, बन्द गर्न निर्देशन दिएको हो । बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरू लगायत आफ्ना विद्यमान ग्राहकहरूलाई सेवाहरू प्रदान गर्न जारी राख्ने बताएको छ ।

कोटक महिन्द्रा बैंकको भारतभर १८ सय भन्दा बढी शाखाहरू छन् । जसको ग्राहक संख्या ४८ मिलियन भन्दा बढी छ । यसले २००३ मा आरबीआईबाट बैंकिङ इजाजतपत्र प्राप्त गरेको थियो । बैंकले हाल वाणिज्य बैंकिङ, स्टक ब्रोकिङ र म्युचुअल फण्डदेखि बीमा तथा लगानी बैंकिङसम्मका सेवाहरू प्रदान गर्दै आएको छ ।

आरबीआईले निजी बैंकले २०२२ र २०२३ को लागि केन्द्रिय बैंकले जारी गरेको सुधारात्मक कार्य योजनाहरूको साथ उल्लेखनीय रूपमा गैर–अनुपालन भएको फेला बताएको छ ।