• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने



काठमाडौँ । सहकारी सम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान गर्न पहल गर्नुभएकोमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिन सहकारी पीडित सिंहदरबार पुगेका छन् ।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गर्नुभएको थियो । त्यसपछि मन्त्रिपरिषद् बैठकले यो समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

आफ्ना समस्या सम्बोधनका लागि पहल गरिदिएकोमा धन्यवाद दिन पीडित आज गृह मन्त्रालयमै आइपुगेका थिए । उनीहरुले सरकारको निर्णय छिटो कार्यान्वयन हुनेमा आशाबादी रहेको बताएका थिए ।

उनीहरुसँगको भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताउनु भयो ।

अब सरकारले सहकारी ठगहरुको नाममा रहेको सम्पत्ती र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्ने बताउनुभयो ।