६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
अ+ अ-

काभ्रेपलाञ्चोक । पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको हो । पोष्टले अग्रभागमा काम गर्ने ७४९ सरकारी स्वास्थ्यकर्मी, एक हजार ३६८ निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, ९५५ महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहको सरसफाइ क्षेत्रमा कार्यरत १११, निजी क्षेत्रका स्वास्थ्य संस्थाका सरसफाइमा कार्यरत २२८ लाई पहिलो चरणको कोरोना सुई लगाइने जनाएको हो ।

यसैगरी कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटेका १२६ सुरक्षाकर्मी तथा अस्पतालका सुरक्षा गार्ड र ४४ एम्बुलेन्स चालकलाई खोप लगाउने तयारी भइरहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो । यही माघ १४ गतेदेखि नमोबुद्ध नगरपालिकास्थित प्रादेशिक मेथिनकोट अस्पताल र धुलिखेल अस्पतालबाट उक्त सेवा उपलब्ध हुने तयारी भइरहेको छ । कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत उक्त खोप दिइन लागेको हो ।

“भ्याक्सिन अघिल्लो दिन सम्बधित अस्पताल आइपुग्ने तयारी भइरहेको छ, दुई अस्पतालबाट स्थानीत तह÷भेग र सेवाक्षेत्र अनुसार भ्याक्सिन सेवा उपलब्ध गराउने तयारी गरेका छौँ”, डा झाले भन्नुभयो । उहाँका अनुसार भ्याक्सिनपछि केहीको स्वास्थ्यमा नकारात्मक देखिनसक्ने भएकाले दुई अस्पतालमा नै ‘आकस्मिक बेड’ तयारी अवस्थामा राखिनेछ । पहिलो चरणमा पनि एक व्यक्तिलाई दुई पटकअर्थात् दुई हप्ताको फरकमा अर्को खोप लगाइनेछ । भारत सरकारले गत हप्ता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएको थियो । 

यसैबीच काभे्रपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ लागेको छ । आइतबार कोही पनि सङ्क्रमित देखिएनन् तर पनौती नगरका एक ७४ वर्षका कोरोना सङ्क्रमित वृद्धको मृत्यु भयो । गत पुस २९ गते सङ्क्रमण पुष्टि भएका ती वृद्धको मृत्यु भएपछि आइतबारसम्ममा काभ्रेपलाञ्चोकका ४५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ पुरुष र १४ महिला रहेको पोष्टले जनाएको छ । साथै अन्य जिल्लाका काभ्रेपलाञ्चोकस्थित अस्पतालमा कोरोना भाइरस् सङ्क्रमण उपचारका क्रममा १२ पुरुष र चार महिलाको मृत्यु भएको छ । 

शनिबार पनौतीकै एक पुरुष तथा शुक्रबार पनि धुलिखेलका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । त्यअघिका दिनमा पनि केहीमा मात्रै कोरोना सङ्क्रमण देखिएको डा झाले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकतामा मात्रै परीक्षण हुने गरेको छ, जोखिम घट्दै गएकाले कन्ट्याक्ट टे«सिङ पनि गर्न आवश्यक देखिएको छैन ।” उहाँका अनुसार पछिल्लो हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने गरेको हो । 

पोष्टका अनुसार हालसम्म जिल्लामा तीन हजार ३२४ मा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित एक हजार ९७० पुरुष र एक हजार ३५४ महिलामध्ये तीन हजार २४९ अर्थात् ९७ दशमलव ७४ प्रतिशत सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमणमुक्त हुनेमा एक हजार ९३९ पुरुष र एक हजार ३१० महिला हुन् । हाल जिल्लाका १६ महिला र १४ पुरुष सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये एक महिला अस्पताल र बाँकी सबै होम आइसोलेशनमा उपचाररत रहेको पोष्टले जनायो । 

हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये छ तह पाँचखाल र नमोबुद्ध नगरपालिका तथा रोशी, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका सङक्रमणमुक्त भएका छन् । हाल बनेपा नगरमा १४, धुलिखेलमा चार, पनौतीमा आठ, मण्डनदेउपुरमा एक तथा भुम्लु गाउँपालिकामा एक, बेथानचोकमा एक र तेमाल गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् ।