२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालमाथी सूर्य थापाको कटाक्षः तेल दिँदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति कटाक्ष प्रहार गरेका छन् । थापाले आज (सोमबार) बिहान समाजिक सञ्जाल फेसबुकमार्फत नेपाललाई दरबारमा बिन्तिपत्र चढाएको ईतिहासको पुनरावृत्ति अहिले पनि भएको लेखेका छन् । 

त्यस्तै थापाले नेपाललाई तेल दिँदा नखाएको तर कोल चाट्ने काम गरेको भन्दै गिँज्याएका छन् । 

हिजो निर्वाचन आयोगले नेकपाका मागदाबी अमान्य बताउँदै माधव नेपालको अध्यक्ष पद अवैधानिक भएको बताएको थियो।

त्यसैप्रति लक्ष्य गर्दै थापाले यस्तो लेखेका छन्-

पहिले दरबारकाे पश्चिम ढाेकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति –

अहिले कार्की बैंक्वेटमा आयाेजित प्रचण्डपथीय भेलाबाट स्वघाेषित अध्यक्ष बनेकाे १ महिना ४ दिनमै अवैध घाेषणा –

बुद्धिले अरूलाई खा,

रिसले आफूलाई खा

भनेकाे यस्तै भएर हाेला !

एकीकृत पार्टीकाे तेस्राे अध्यक्ष बन्न भन्दा मनले मानेन,

तेल दिँदा नखाने काेल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।

मजाक –

उधारो हुन्न, हाताहाती चाहिन्छ,

पेरिसडाँडामा कुखुरी काँ ?

थापाले फेसबुकमा यो तस्बिर प्रयोग गरेका छन् –