५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष



अ+ अ-

नयाँदिल्ली । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्युरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी दिएको थियो ।

यसै साता एसियाका धेरै मुलुकमा चर्को तापक्रमले असर पुर्याएको छ । अत्यधिक गर्मीको पूर्वानुमानका कारण फिलिपिन्स र बङ्गलादेशमा विद्यालयहरू बन्द गरिएको छ ।

सडकमन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस हुनुभएको थियो । त्यहाँ उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुन: निर्वाचनका लागि प्रचार गरिरहनुभएको थियो ।

घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकहरूले उहाँलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखाइएको छ । उक्त दिनपछि गडकरीले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो, “र्यालीका क्रममा गर्मीका कारण मलाई असहज महसुस भयो तर अहिले म पूर्ण स्वस्थ छु ।” उहाँले आफ्नो चुनावी प्रचार अभियान अघि बढाएको बताउनुभयो ।

भारतीय मौसम विज्ञान विभागले बिहीबार आगामी पाँच दिनमा कम्तीमा नौ वटा पूर्वी र दक्षिणी राज्यमा भीषण गर्मीको अवस्था जारी रहने सम्भावना रहेको बताएको छ । “लुदेखि लिएर गम्भीर लुको अवस्था प्रबल हुने सम्भावना छ, केही स्थानमा पहिलादेखि नै तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ”, विभागले विज्ञप्तिमा जनाएको छ ।

छ सातासम्म चल्ने म्याराथुन निर्वाचनका बीच सम्पूर्ण भारतमा ठूला बाहिरी प्रचार र्यालीहरू आयोजना भइरहेका छन् । शुक्रबार मतदानको दोस्रो चरणमा लाखौँ मानिसले मतदान गर्दैछन् ।

भारतको निर्वाचन आयोगले ‘शान्तिदायक उपायहरू’ को दृष्टिले प्रत्येक चरणको मतदानअघि लु र आद्र्रताको प्रभावको समीक्षा गरिरहेको भन्दै यसले अहिले पनि नागरिकहरूलाई आफ्नो मत खसाउन अनुमति दिने बताएको छ ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौंको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ ।