• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा शुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुशीको कुरा भएको बताउनु भयो । उहाँले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताउनु भयो ।

उहाँले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहनुपर्ने बताउनु भयो । उहाँले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताउनु भयो । उहाँले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उर्जाको उत्पादन र निर्यात बढ्दो छ, यो हाम्रो लागि खुशीको विषय हो । नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको भन्ने मलाई लाग्दछ । विशेष गरी बहुदलीय लोकतन्त्र र प्रजातन्त्रपछि निजी क्षेत्रलाई उर्जाको लगानी र निर्माणमा संलग्न गराएसँगै यस्तो अवस्था सिर्जना भएको हो । नेपाल सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली छिमेकी देश भारतमा निर्यात गर्नेगरी सम्झौता गरिसकेको छ ।

यसैगरी नेपाल सरकारले वि.सं.२०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । मन्त्रीज्युले २८ हजारको लक्ष्य राख्नुभएको छ, मन्त्रालयले धेरै नै लिएको छ । यसले नेपालीलाई खुशी बनाउँछ, यसमा सरकार र निजी क्षेत्रको उत्तिकै दायित्व छ भन्ने म ठान्दछु । लक्ष्यप्राप्तिका लागि लगानीमैत्री वातावरणको आवश्यकता छ । नेपाल सरकार यस्तो वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहोस् भन्ने सुझाव दिन चाहन्छु । स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो । यसले निजी क्षेत्रको उत्साह वृद्धि भइ मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्नेछ । संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको छ । सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्छ ।’

राष्ट्रपति पौडेलले सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालले हिमलय हाइड्रो एक्स्पो आयोजना गर्नु सह्रानिय रहेको बताउनु भयो । एक्स्पोले सामुहिक सहकार्य र हातेमालो गर्ने अवसरको सिर्जना गर्ने बताउनु भयो ।