५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापन सम्बन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिम आयोजना गरेको छ ।

विभागमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरू र विभागमा कार्यरत शिक्षकहरु गरी २० जना सहभागी छन् । तालिममा माटोको परीक्षण गर्ने सीपको विकास गरी सहभागीहरुलाई माटोसम्बन्धी अनुसन्धान गर्ने विधिबारे अभ्यस्त पार्ने उद्देश्य रहेको छ ।

कीर्तिपुरस्थित भूगोल केन्द्रीय विभागमा आयोजित तालिमको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले देशका लागि अनुकरणीय व्यक्तित्वहरु विकास गरेको भूगोल विषयको गरिमालाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा डा ध्यानेन्द्रबहादुर राईले सहभागीहरुको सकृयताबाट मात्रै तालिमबाट उपलब्धि हासिल हुन सक्ने भन्दै प्रविधिको अधिकतम प्रयोगमार्फत तालिमलाई व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा उमेशकुमार मण्डलले सन् २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा ‘साइनो नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी’ परियोजना अन्तर्गत निर्माण भएको प्रयोगशालामा विभागले पहिलोपटक माटो परीक्षणसम्बन्धी क्षमता विकास तालिम अयोजना गरेको जानकारी दिनुभएको थियो ।

माटो विज्ञ सन्तोष कुमार श्रेष्ठ र बायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डे तालिममा विज्ञका रुपमा सहभागी हुनुहुन्छ । तालिममा माटोको पिएच मान, टेक्स्चर, पोटासियम फोस्फेरस, नाइट्रोजन, अर्गानिक म्याटर लगायतका १६ विविध पक्षहरुको परीक्षण गर्ने विधिमा केन्द्रित रहने भूगोल केन्द्रीय विभागले जनाएको छ । रासस