२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापन सम्बन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिम आयोजना गरेको छ ।

विभागमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरू र विभागमा कार्यरत शिक्षकहरु गरी २० जना सहभागी छन् । तालिममा माटोको परीक्षण गर्ने सीपको विकास गरी सहभागीहरुलाई माटोसम्बन्धी अनुसन्धान गर्ने विधिबारे अभ्यस्त पार्ने उद्देश्य रहेको छ ।

कीर्तिपुरस्थित भूगोल केन्द्रीय विभागमा आयोजित तालिमको उद्घाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले देशका लागि अनुकरणीय व्यक्तित्वहरु विकास गरेको भूगोल विषयको गरिमालाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा डा ध्यानेन्द्रबहादुर राईले सहभागीहरुको सकृयताबाट मात्रै तालिमबाट उपलब्धि हासिल हुन सक्ने भन्दै प्रविधिको अधिकतम प्रयोगमार्फत तालिमलाई व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा उमेशकुमार मण्डलले सन् २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा ‘साइनो नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी’ परियोजना अन्तर्गत निर्माण भएको प्रयोगशालामा विभागले पहिलोपटक माटो परीक्षणसम्बन्धी क्षमता विकास तालिम अयोजना गरेको जानकारी दिनुभएको थियो ।

माटो विज्ञ सन्तोष कुमार श्रेष्ठ र बायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डे तालिममा विज्ञका रुपमा सहभागी हुनुहुन्छ । तालिममा माटोको पिएच मान, टेक्स्चर, पोटासियम फोस्फेरस, नाइट्रोजन, अर्गानिक म्याटर लगायतका १६ विविध पक्षहरुको परीक्षण गर्ने विधिमा केन्द्रित रहने भूगोल केन्द्रीय विभागले जनाएको छ । रासस