६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

घोषणा गरेकै समयमा चुनाव हुने छः प्रधानमन्त्री ओली

घोषणा गरेकै समयमा चुनाव हुने छः प्रधानमन्त्री ओली
अ+ अ-

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको आज उद्घाटनपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट गर्नुभयो । 


सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट  गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफ्नो दलले नेकपाका कोहीकसैलाई कारवाही नगरेको बताउँदै भन्नुभयो, “गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।” उहाँले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताउनुभयो  ।
उहाँले जनतालाई अधिकारसम्पन्न बनाउन, अधिकार प्रयोग गर्न अधिकारसम्म पुग्ने अवसरमा पहुँच निर्माण गर्न,  अवसरको उपलब्धता, सामाजिक न्याय र समानता, पछाडि परेका समुदायको उत्थान, सुशासनसहितको समृद्धिको मार्गमा अघि बढ्ने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आफूहरुको मुख्य लक्ष्य तथा  विकासका पूर्वाधार निर्माणमा सरकार तीव्र गतिमा अघि बढेको बताउनुभयो ।
राप्ती करिडरको विकास गरिने
उहाँले दाङ जिल्ला विकासको नमूनाका रुपमा अघि बढेको बताउँदै सरकारले लुम्बिनी प्रदेशको राजधानीबाट प्युठानको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीसम्म पुग्ने सडकको स्तरोन्नति गरेर राप्ती करीडोरका रपमा विकास गर्ने तथा देउखरी उपत्यका र कपिलवस्तुमा सिंचाइ सुविधासहित जलविद्युत् उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाइने जानकारी दिनुभयो ।  
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइनेसमेत बताउनुभयो ।
उहाँले कोरोना नियन्त्रणका लागि सरकार लागिपरेको र सङ्क्रमण नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मी, विमानस्थल र  शववाहनमा काम गर्ने सबैलाई खोप लगाइने जानकारी दिँदै पहिलो चरणमा चार लाख ३० हजार खोप लगाएर कोरोना नियन्त्रणको प्रयासलाई प्रभावकारी बनाइने दृढता व्यक्त गर्नुभयो ।  


सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले जनतामा जानु भनेको लोकतन्त्र बलियो हुनु हो भन्दै जनताका बीचमा जान नचाहनेहरु कायर भएको आरोप लगाउनुभयो ।  पार्टीका जिल्ला संयोजक हुकुम बुढाथोकीका अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, खानेपानीमन्त्री मणिचन्द्र थापालगायतले निर्वाचनबाट ताजा जनादेशमा जानाको विकल्प नरहेको बताउनुभयो । सभाअघि जिल्लाका विभिन्न क्षेत्रबाट जनसमुदायले विभिन्न झांँकीसहित जुलुस प्रदर्शन गरेका थिए । ९तस्वीर उपलब्ध छ । रासस