१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

पञ्जाबको नयाँ मुख्यमन्त्रीको रुपमा भगवन्त मानद्वारा सपथग्रहण

पञ्जाबको नयाँ मुख्यमन्त्रीको रुपमा भगवन्त मानद्वारा सपथग्रहण
अ अ+ अ-

एजेन्सी । पञ्जाबका नयाँ मुख्यमन्त्री भगवन्त मानले शहीद भगत सिंहको गाउँ खटकर कलानमा पञ्जाबी भाषामा सपथ लिएका छन् । 

उनलाई राज्यपाल बीएल पुरोहितले पद तथा गोपनीयताको सपथ गराएका हुन् । मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिएका थिए । त्यसपछि भाषण गर्दै इन्कलाब जिन्दाबादको नारा लगाइयो । 

भगवन्त मान पञ्जाबको १७ औं मुख्यमन्त्री बनेका छन् । तर, कार्यकालको हिसाबले उनी पञ्जाबको २५ औं मुख्यमन्त्री हुन् ।

सपथ ग्रहण गरेपछि मानले भने– केही मितिमा मात्रै शहीदलाई किन सम्झिन्छ ? उहाँको बाटोमा दिनहुँ हिड्नुपर्छ ।’ उनले आम आदमी पार्टीका नेता तथा कार्यकर्तालाई कुनै पनि प्रकारको अहंकार नभएको बताए । यस्तो समाचार नआउनुपर्ने उनको भनाई थियो । 

मानले समय र जनता ठूलो कुरा भएको बताए । मानले बेरोजगारी, भ्रष्टाचार, कृषि, व्यवसाय, विद्यालय, अस्पताल सबै कुरालाई व्यवस्थित गर्ने बताए । यहाँ बसेर पञ्जाबको भलाइ गर्ने उनको भनाई छ ।

मानले भने, ‘हामी जनता जस्तै हौँ र जनताकै रुपमा रहनेछौँ । भगवन्त मानले १२ः३० बजे सपथ लिनुपर्ने थियो तर ५० मिनेट ढिलो मञ्चमा पुगेका थिए । अधिकारीहरुका अनुसार खराब मौसमका कारण उनीहरु खटकर कलान पुग्न ढिलाइ भएको हो । 

यस क्रममा अरविन्द केजरीवाल र मनिष सिसोदिया पनि स्टेजमा बसन्ती पगडी लगाएर देखिएका थिए । दिल्ली सरकारका मन्त्रीहरू पनि मञ्चमा सहभागी थिए । 

मानको सपथ ग्रहण कार्यक्रम शहीद भगत सिंहको जन्मभूमि खटकर कलानमा हुनुको एउटा रोचक कारण पनि छ । यहीँ २०११ मा पञ्जाबका सफल कमेडियन भागवत मानले आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए। भगवन्त मानको आग्रहपछि उनका समर्थकहरु बसन्ती रङको पगडी र दुपट्टा लगाएर कार्यक्रममा पुगेका थिए ।