३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नमेटिने घाउ’ मा ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ छायांकन शुरु गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङ शुरु गर्नुभएको हो । फिल्ममा अध्यक्ष ओलीको भुमिका प्रधानमन्त्रीको रहेको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।

फिल्म अभिनेता रमित ढुङ्गाना हुनुहुन्छ । केही दिनअघि मात्रै फिल्ममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गर्नुभएको थियो । छायांकनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फिल्म निर्देशक रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकारहरु रहेको बताउनु भयो । उहाँले आज अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१ औं दिनमा चलचित्रको छायांकन समेत सकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो फिल्मको नाम किन नमेटिने घाउ भनेर सोधिने गरिन्छ । किनभने शरीरमा जुन एसिड पर्छ, त्यो शरीरमा परेपछि जतिसुकै सर्जरी गरेपनि नमेटिने भएकाले त्यसको नाम नमेटिने घाउ राखिएको हो । कसैको जीवनीमाथि आधारित छ । एउटा चलचित्र लाग्छ, तर यो चलचित्र भित्र ५ वटा चलचित्र छ । अध्यक्ष ओलीज्युको अभिनयसँगै आज ५१ दिनमा आएर चलचित्रको छायांकन सकिएको छ ।’

सामाजिक कथावस्तुमा आधारित फिल्म पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भइसकेको छ ।