• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान



काठमाडौं । मलेसियाको सुपर वुमन्स कप खेल्नका लागि ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गर्यो ।

यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।