२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई हजार सात सय रूपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार उक्त सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रूपैयाँले घटेर १६ सय ६० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।