२ आश्विन २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा जेन्जी पुस्ताका सांसदसँग विशेष अन्तरक्रिया माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो माथिल्लो त्रिशूली–१ को सुरुङमा खोजी जारी, मानव अङ्ग तथा शव निकालिँदै सुनचाँदीको मूल्य बढ्यो आज मन्त्रिपरिषद् बैठक बस्दै विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान धादिङ र नुवाकोटमा पूर्ण रूपमा विद्युत सेवा सुचारू, रसुवाका ९० प्रतिशत क्षेत्रमा बिजुली बल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

“निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।”

आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उहाँले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिनुभयो ।

लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताउनुयो ।

“लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “⁠सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, ⁠नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ ।”

विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ⁠केही राम्रो गर्न खोज्दा अठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताउनुभयो ।

⁠नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ⁠कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिचाइँलाई प्राथमिकता दिन र ⁠विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिनुभयो ।