५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसरामा मैले पाएको पात्रको अभिनय अरु कसैले गरेको हेर्न मन थियो: दयाहाङ राई



अ+ अ-

काठमाडौँ । अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भुमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताउनुभएको छ ।

सोमवार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्रमा आफूले खेलेको कलाकारको भुमिका अर्को कोहीबाट हेर्ने इच्छा भएपनि आफूले नै निभाउनुपरेको र कस्तो न्याय गरेको छु भन्ने बारेमा पनि चलचित्र हेरेपछि दर्शकले न्याय गर्ने बताउनु भयो । उहाँले चलचित्रको आफ्नो पात्र डाहलाग्दो रहेको बताउनु भयो । त्यस्तै लेखक उपेन्द्र सुब्बाले मनसरा धानको एउटा प्रजाति भएको र त्यसलाई मानिसको रुपमा प्रतिविम्वित गरेर चलचित्र देखाउन लागेको बताउनु भयो ।

उहाँले मनसरा मेहनतसहित धेरै काम गरेर पचाउनसक्ने व्यक्तिहरुले मात्रै खाने गरेको बताउनु भयो । शहरमा बस्नेहरुले मनसराको खाना पचाउन नसक्ने बताउनु भयो । त्यस्तै मनसरा अडिलो धान भएकाले मेहनतीहरुले धेरै रुचाउने बताउनु भयो । मनसरा मात्रैको बियाड नफल्ने भएकाले अरुसँग मिसाएर रोपिने गरेको बताउनु भयो । नेपाली समाज मिश्रित समाज भएकाले सबै सहयोगी र मिलेर बसेको रुपमा मनसरालाई चलचित्रमा उतारिएको बताउनु भयो । त्यस्तै अभिनेत्री मिरुना मगरले अझै राम्रो काम गर्न आफैँले आफैँलाई प्रेसर दिएर अभिनय गरेको बताउनु भयो । उहाँले मनसरामा आफूले गरेको पात्र भेटिराखेको र देखिराखेको पात्र रहेको बताउनु भयो । मनसरामा काम गर्दा एकल महिलाको दु:खहरु आफूले बुझ्ने अवसर पाएको बताउनु भयो ।

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’ मा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लिम्बू र व्राम्हण समुदायका पात्रहरूबीचको विवाहेत्तर सम्बन्ध देखाइएको छ । शैलेन्द्र कार्कीले खिचेको यो फिल्म वैशाख २१ मा प्रदर्शनमा आउँदैछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बू र सुशान्त गौतमको संगीत छ ।