२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगको निर्णय र नेकपाको भविष्य



अ+ अ-

 माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र देखापरेको चरम अराजक, चरम गुटवन्दी र हावी हुनपुगेको फूटवादी गतिविधिका कारण सिर्जना हुनपुगेको गंभीर अवस्थामाथि औंला ठड्याएकोछ –

(१) तत्कालीन नेकपा (एमाले) र माओवादी विच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र अघि बढ्न सकिन्छ र त्यस विपरित गरिएका वा गरिने कुनै पनि निर्णय वा कामलाई चिनिदैन भन्ने निष्कर्श दिएको छ निर्वाचन आयोगले । त्यो सहमती भनेको , त्यसवेला व्यवस्था गरिएको दुई अध्यक्षका विचको सहमती र त्यही सहमतीका आधारमा कार्यसूचीहरूको निर्धारण र त्यसै आधारमा तयार गरिने प्रस्ताव तथा त्यसमाथि कमिटीमा गरिने छलफल तथा गरिने निर्णय र निकालिने निष्कर्श हो । र, त्यसैका आधारमा मात्र अघि बढ्नुपर्ने सहमती हो । अर्थात् , सहमतीको प्रस्थान विन्दू – दुई अध्यक्षका विचको सहमती हो ।

त्यही जग र त्यहींबाट अघि बढ्ने प्रकृयाबाट एकता महाधिवेशनसम्म पुग्ने संकल्प पनि हो । तर आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्व समूहहरूमा लामै समयदेखि रहँदैआएको गुटवन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समिकरण’ बनाउने – सन्दर्भ समूह बनाउने – र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमती अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन ।

त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थीरताको झण्झावात , अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गंभीर संकेत बन्न पुग्यो । प्रवल वन्दै गएको यही अपशकुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक ‘ विन्दूमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याएकोछ । धन्यवाद छ , निर्वाचन आयोगलाई !!

(२) नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई स्वीकार गरेन निर्वाचन आयोगले । पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न चाहेन र गर्न मिल्दैन भन्यो निर्वाचन आयोगले । यही पृष्ठभूमिको आधिकारिकता समेतलाई स्वीकार गर्यो निर्वाचन आयोगले ।

पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको बैधानिक र औपचारिक मन्च बाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै – मिल्दैन भन्यो निर्वाचन आयोगले। फूटको वकालत गर्नेहरू, यसैमा रमाउनेहरू , यसो गर्दा आफ्नो पदीय आकाँक्षा पुरा हुने दुस्वप्न देख्नेहरूलाई समेत राम्रो सवक मिलेको हुनुपर्छ निर्वाचन आयोगको यो निर्णयबाट ।

(३) नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अब के हुन्छ ? जोडिन्छ कि तोडिन्छ ? जंगली महत्वाकांक्षा बोकेर यसविचमा आम जनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर जे जस्ता ( कूँ) कर्महरू गरिए – जे जस्ता आत्मघाती कामहरू गरिए – तिनलाई लिएर पश्चाताप गर्ने र क्षमा माग्ने काम गरिनुपर्छ सम्वन्धितहरूबाट । त्यस्ता काम गर्नेहरूले जुन उचाइबाट यो काम गर्नेछन् – त्यही उचाइबाट पार्टीको नवनिर्माण प्रारम्भ हुनेछ ।

अहिले, यतिवेला नेकपा को जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक छ । नेकपाभित्र “आउट डेटेडहरू” बाहिरिने र

“ अपडेटेड “ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेकोछ ! नेकपा त अघि बढ्छ – बढ्छ साथै , नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका अभियन्ताहरू – सबैका लागि एउटा महत्वपूर्ण शिक्षा बन्नसक्छ नेकपाको जीवनसित गाँसिएर प्रकट भएको अहिलेको घटना !

नेकपा नेता तथा उपप्रधानमन्त्री पोखरेलको फेसबुकबाट