• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति



file photo

बरहथवा । सर्लाहीको दुई स्थानमा लागेको आगोबाट दुई परिवारको विचल्ली भएको छ । आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाको लालबन्दी र बलरा नगरपालिकाअन्तर्गत दुई स्थानमा आगलागी भएको हो । आगलागीबाट दुई घर, एक गोठ र एक सार्वजनिक भवनमा क्षति पुगेको छ । आगलागीबाट दुई परिवारको बास नै गुमेपछि विचल्ली भएको हो । आगलागीमा परेर लालबन्दी नगरपालिका–१४, चुरेस्थित हात्तीसुढेका बुद्धिमान मोक्तान र फुर्साङ मोक्तानको ढुङ्गा, माटो र काठले बनेको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट बुद्धिमानको घरमा रहेको लत्ताकपडा अन्नपात, काठपात लगायतका सामग्रीसमेत जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट फुर्साङको पनि घरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । उनको पनि रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागीपछि दुवै परिवार खुला आकाशमुनि पुगेका छन् । सोही आगलागीबाट छिमेकी आइतसिङ मोक्तानको फुसको छाना भएको गोठसमेत जल्दा रु दुई लाख बराबरको क्षति भएको छ । आगोले पोेलेर गोठमा रहेको एउटा भैँसी र एउटा बाख्रा घाइते भएको प्रहरीले जनाएको हो । आगो नजिकैको जङ्गलबाट घरमा सल्किएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको बलरा नगरपालिकास्थित एक सार्वजनिक भवनमा आगलागी भएको छ । आगलागीबाट बलरा नगरपालिका–६, सानो मिर्जापुरमा रहेको पक्की पर्खाल भएको दलित भवनमा क्षति पुगेको हो । आगलागीबाट भवनमा आंशिक क्षति पुगेको प्रहरी चौकी अर्नाहले जनाएको छ ।

बिजुलीको तार सर्ट भएर लागेको आगोबाट विभिन्न सामान जल्दा रु १५ हजार पाँच सय मूल्य बराबरको क्षति पुगेको प्रहरीले जनाएको हो । सुक्खा मौसम सुरु भएसँगै जिल्लामा दैनिक आगलागीका घटना वृद्धि भइरहेका छन् । आगोको प्रयोग तथा विद्युतीय उपकरण लगाएका सामानको प्रयोगमा ध्यान दिन प्रहरीले आग्रह गरेको छ । रासस