• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

आरसीबीलाई दोहोरो झट्काः खेल पनि हार्यो, कप्तानलाई १२ लाख जरिवाना



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२४ मा सातौं हारको रुपमा कोलकाता नाइट राइडर्ससँग बेहोर्यो । आईपीएल २०२४ को ३६ औं खेलमा केकेआरले आरसीबीलाई १ रनले हराएको थियो । हारसँगै बैंगलोरलाई दोहोरो झट्का लागेको छ ।

वास्तवमा टोलीका कप्तान फाफ डु प्लेसिसलाई स्लो ओभर रेटका कारण कारबाही गरिएको छ । आरसीबीका कप्तानले निर्धारित समयमा पूरा ओभर पूरा गर्न नसकेपछि उनलाई जरिवाना गरिएको हो ।

बैंगलोरका कप्तान फाफ डु प्लेसिसलाई स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । यो पहिलो पटक आईपीएल २०२४ मा भएको थियो जब आरसीबीले समयमै २० ओभर पूरा गर्न सकेन । फाफ भन्दा पहिले अन्य टिमका कप्तान पनि यो सजायको सिकार भइसकेका छन् ।

इडेन गार्डेनमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २२२ रन जोडेको थियो । टोलीका लागि कप्तान श्रेयस अय्यरले सबैभन्दा ठूलो ५० रनको इनिङ खेले । त्यसपछि लक्ष्य पछ्याउने क्रममा बैंगलोरको टोली २० ओभरमा २२१ रनमा अलआउट भयो । टोलीका लागि विल ज्याकले ३२ बलमा ५५ रनको सबैभन्दा ठूलो पारी खेले । खेलमा आरसीबीले अन्तिमसम्म लड्यो तर अन्ततः केकेआरले जित्यो । यो सिजनमा आरसीबीको यो सातौं हार हो ।