• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन ★   सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने ★   वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छुः अर्थमन्त्री पुन ★   जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन ★   ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने ★   श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन ★   भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने ★   स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा ★   पहिरो खसेपछि बस्ती तितर बितर ★   आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने

गुजरातले पञ्जाबलाई ३ विकेटले हरायो



काठमाडौँ । आईपीएलमा गुजरात टाइटन्सले चौथो जित दर्ता गरेको छ । टोलीले चालू सिजनको ३६औं खेलमा पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गर्यो । पञ्जाब भने लगातार चौथो खेलमा पराजित भएको छ ।

घरेलु मैदान मुल्लानपुरमा पिबिकेएसले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । टिम २० ओभरमा १४२ रन बनाएर अलआउट भयो । जीटीले १९.१ ओभरमा ७ विकेट गुमाएर १४३ रनको लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच साई किशोर भए । उनले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए ।

पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन बनाए । हरप्रीत ब्रारले २९ रन र साम करनले २० रनको योगदान दिए । साई किशोरले ४ विकेट लिए । त्यस्तै मोहित शर्मा र नूर अहमदले २–२ विकेट लिए ।

रनको लक्ष्यमा जीटीका कप्तान शुभमन गिलले ३५ रन र साई सुदर्शनले ३१ रन बनाए भने राहुल तेवाटियाले ३६ रन बनाएर अविजित रहे । उनले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने लियाम लिभिङ्स्टनले २ विकेट लिए ।