• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

नौ महिनापछि मर्मत सकेर नेवानीको एयरबस ३२० नेपाल ल्याइँदै



काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाज ९ महिनापछि मर्मत सकेर नेपाल ल्याइँदै छ ।

एयरबस ३२० (न्यारोबडी) २०२३ सेप्टेम्बर १७ मा मर्मतका लागि इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजमा लगिएको जहाज आईबार मध्यान्न नेपाल ल्याउन लागिएको हो ।

निगमले मर्मतपछि विमान ल्याउन शुक्रबार नै त्यसतर्फ टोली पठाएको छ । युद्धका कारण आक्रान्त बनेको ईजरायलमा क्याप्टेनद्वय अबरिन्द राज पहाडी , नृपेद्र भट्टराई , आई एफ एस प्रज्ञा भट्टराई , सिननियर फाईट डिसप्याचर चक्र नकर्मी सहितको टोलीले तेल अभिभ हुँदै दुबईबाट काठमाडौँ ल्याउन लागेको छ ।

जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले इन्जिन मर्मतका लागि इजरायल पठाएको थियो । निगमका अनुसार निगमको नाईन-एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएको थियो ।

एमआरओ कम्पनीले १८ सेप्टेम्बर २०२३ लाई स्लट दिएको र त्यसै आधारम विमान पठाईएको निगमले जनाएको छ । पूर्व कार्यतालिका अनुसार विमान मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनु पर्ने थियो ।