२० भाद्र २०८३, शनिबार
,
Latest
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीले रञ्जिताविरुद्ध दायर गरेको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा



अ+ अ-

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले अद्यावधिक गर्न अस्वीकार गरेको थियो ।

निर्वाचन आयोगले अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।