• १ असार २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते ★   प्रधानमन्त्री दाहालसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता ★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित

आईपीएलमा आज: पुछारमा रहेको बेंगलुरु र कोलकाता भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ मा आज डबल हेडरको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् । कोलकाताको इडेन गार्डेन स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

कोलकाताको यो सातौं र बेंगलुरुको आठौं खेल हो। ६ खेलमा ४ जित हात पारेको कोलकाता ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, ७ खेलमा १ जित हात पारेको बेंगलुरु २ अंकसहित पुछारको १० औं स्थानमा छ ।

हेड टु हेड

आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच ३३ खेल भइसकेका छन् । १९ मा कोलकाता र १४ मा बेंगलुरु विजयी भएको छ ।

कोलकाताको घरेलु मैदानमा दुई टोलीबीच ११ खेल खेलिएका छन् । केकेआरले ७ खेल जितेको छ भने आरसीबीले ४ खेल जितेको छ ।

दुवै टोली यो सिजनमा आज दोस्रो पटक भिड्दैछन् । यसअघिको खेल बेंगलुरुको घरेलु मैदानमा भएको थियो जसमा कोलकाताले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको थियो ।

कोलकाताका लागि सुनिल नारायणले सर्वाधिक रन बनाएका छन् । बलिङमा वैभव अरोरा शीर्ष स्थानमा छन् ।

आरसीबीको लागि विराट कोहलीले ठूलो इनिङ्स खेलिरहेका छन्। बलिङमा यश दयालले टिमका लागि सबैभन्दा बढी विकेट लिएका छन् ।

कोलकाता नाइट राइडर्सको सम्भाबित प्लेईङ​ ११:

श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, अङ्क्रिश रघुवंशी, रिंकु सिंह आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राणा।

इम्प्याक्ट प्लेयर: वैभव अरोरा।

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भाबित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, सौरभ चौहान, रजत पाटीदार, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, रीस टोपले, विजय कुमार वैशाख, यश दयाल र लोकी फर्ग्युसन।

इम्प्याक्ट प्लेयर: कर्ण शर्मा।