६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: पुछारमा रहेको बेंगलुरु र कोलकाता भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ मा आज डबल हेडरको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् । कोलकाताको इडेन गार्डेन स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

कोलकाताको यो सातौं र बेंगलुरुको आठौं खेल हो। ६ खेलमा ४ जित हात पारेको कोलकाता ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । अर्कोतर्फ, ७ खेलमा १ जित हात पारेको बेंगलुरु २ अंकसहित पुछारको १० औं स्थानमा छ ।

हेड टु हेड

आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच ३३ खेल भइसकेका छन् । १९ मा कोलकाता र १४ मा बेंगलुरु विजयी भएको छ ।

कोलकाताको घरेलु मैदानमा दुई टोलीबीच ११ खेल खेलिएका छन् । केकेआरले ७ खेल जितेको छ भने आरसीबीले ४ खेल जितेको छ ।

दुवै टोली यो सिजनमा आज दोस्रो पटक भिड्दैछन् । यसअघिको खेल बेंगलुरुको घरेलु मैदानमा भएको थियो जसमा कोलकाताले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको थियो ।

कोलकाताका लागि सुनिल नारायणले सर्वाधिक रन बनाएका छन् । बलिङमा वैभव अरोरा शीर्ष स्थानमा छन् ।

आरसीबीको लागि विराट कोहलीले ठूलो इनिङ्स खेलिरहेका छन्। बलिङमा यश दयालले टिमका लागि सबैभन्दा बढी विकेट लिएका छन् ।

कोलकाता नाइट राइडर्सको सम्भाबित प्लेईङ​ ११:

श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, अङ्क्रिश रघुवंशी, रिंकु सिंह आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राणा।

इम्प्याक्ट प्लेयर: वैभव अरोरा।

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भाबित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, सौरभ चौहान, रजत पाटीदार, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, रीस टोपले, विजय कुमार वैशाख, यश दयाल र लोकी फर्ग्युसन।

इम्प्याक्ट प्लेयर: कर्ण शर्मा।