• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह: गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौं ★   गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा ★   ४ बजेको बैठक सहजताका साथ अगाडी बढ्छ: महेश बर्तौला ★   मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको झलनाथको दाबी ★   सुनिल क्षेत्रीको सन्यासबारे विराट कोहलीले भने– ‘मेरो भाइ, तिमीमा गर्व छ’ ★   राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजे बस्ने ★   बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’ ★   तराईको गर्मीमा पनि लटरम्म स्याउ ★   सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग ★   चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै

पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते



एजेन्सी । पाकिस्तानका विभिन्न क्षेत्रमा भारी वर्षा र चट्याङका कारण गत शनिवारदेखि ७१ जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने कि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ छत खस्ने र चट्याङका घटनाहरूसहित विभिन्न घटनाहरूमा ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृत्यु हुनेमा १५ बालबालिका र पाँच महिला छन् भने ४१ जना घाइते भएका छन् भने १ हजार ३७० घरमा क्षति पुगेको छ । अधिकारीले पूर्वी पञ्जाव प्रान्तमा २३ जनाको ज्यान गएको र सात जना घाइते भएको, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु र आठ जना घाइते भएको बताए ।

यस अवधिमा पाकिस्तान नियन्त्रित कश्मीरमा भारी वर्षाका कारण कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् र ४७ घरहरू ध्वस्त भएका छन् । बुधवार एक सूचना जारी गर्दै अप्रिल १७ देखि अप्रिल २९ सम्म देशमा भारी वर्षा र हुरीबतास हुने सम्भावना रहेको जनाएको छ ।