२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३४ औं खेलमा लखनउ सुपर जाइन्ट्स (एलएसजी)ले चेन्नई सुपर किंग्स (सीएसके) को सामना गर्दैछ । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

लखनउको टोली यस सिजन ६ मध्ये ३ खेल जितेर अंक तालिकाको पाँचौं स्थानमा छ भने चेन्नई ६ मध्ये ४ खेल जितेर तेस्रो स्थानमा छ । आईपीएलमा हालसम्म लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच ३ खेल खेलिएको छ । दुवै टोलीले १–१ खेल जितेका छन् भने एक खेल अनिर्णित रह्यो ।

केएल राहुलको कप्तानीमा रहेको लखनउको टोलीले यो सिजन राम्रो सुरुवात गर्न सकेन । टोलीले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो । यसपछि टोलीले पुनरागमन गर्दै लगातार तीन खेल जित्यो ।

दोस्रो खेलमा पञ्जाब किंग्सलाई, तेस्रोमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई र चौथोमा गुजरात टाइटन्सलाई हराएको थियो । तर, टोलीले पछिल्लो दुई खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्ससँग हार बेहोरेको छ । टोलीका सर्वाधिक स्कोरर निकोलस पुरन ( ६ खेलमा २२३ रन) हुन् । बलिङमा यश ठाकुर ( ५ खेलमा ७ विकेट) शीर्ष स्थानमा छन् ।

यस सिजन चेन्नईले राम्रो सुरुवात गरेको थियो । टोलीले पहिलो दुई खेल लगातार जितेको थियो । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दोस्रोमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो । तर, तेस्रोमा दिल्ली क्यापिटल्ससँग र चौथोमा सनराइजर्स हैदरावादसँग पराजित भयो । टोलीले पछिल्ला दुवै खेल जितेको छ ।

पाँचौंमा कोलकाता नाइट राइडर्स र छैटौंमा मुम्बई इन्डियन्सलाई पराजित गरेको हो । टोलीका लागि शिवम दुबेले सर्वाधिक रन (६ खेलमा २४२ रन) बनाएका छन् । मुस्ताफिजुर रहमानले सर्वाधिक विकेट ( ५ खेलमा १० विकेट) लिएका छन् ।

लखनउको पिचमा आईपीएलमा स्पिनरहरुको दबदबा रहँदै आएको छ । कम स्कोरिङ खेलहरू यहाँ देखिएका छन् भने ब्याट्सम्यानहरूलाई रन बनाउन निकै गाह्रो हुन्छ । यहाँ हालसम्म कुल १० आईपीएल खेल खेलिएका छन् । यहाँको उच्चतम टोली स्कोर १९९/८ हो, जुन यस वर्ष पञ्जाब किंग्स विरुद्ध एलएसजीले बनाएको थियो । यहाँ पछिल्ला ६ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले र ३ खेलमा पछ्याएको टोलीले जित निकालेको छ । जबकि एक खेल भने नतिजाविहीन रह्यो ।

शुक्रबार लखनउमा बादल लाग्ने भएपनि वर्षाको सम्भावना भने छैन । हावा पनि बलियो हुनेछ। यहाँको तापक्रम २५ देखि ३९ डिग्री सेल्सियसको बीचमा रहनेछ ।