११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना पुष्टि भएपछि आइसोलेसनमा नबस्नु गैह्र जिम्मेवारीको पराकाष्ठाः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेपछि आइसोलेसनमा बस्नु हरेक नागरिकको जिम्मेवारी रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले ट्वीटमार्फत जिम्मेवारीको पालना नगर्नु गैह्र जिम्मेवारीको पराकाष्ठ भएको बताएका छन्।

कोरोना संक्रमित भएका ओली बिहीबार एक कार्यक्रममा उपस्थित भएका थिए। संक्रमित व्यक्ति आइसोलेसनमा बस्नुपर्ने नियम भए पनि पालना नगर्नु बहादुरी नभई गैह्र जिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत रहेको आरोप लगाएका छन् । 

कोरोना संक्रमण हुन्जेल आफू पूर्ण रुपमा आइसोलेसनमा बसेको र अहिले संक्रमणबाट मुक्त भएपछि सांगठनिक काममा फर्केको समेत उनले जानकारी दिएका छन् । 

 

 

संक्रमण पुस्टिपछि `आइसोलेसन´मा बस्नु हामी हरेकको जिम्मेवारी हो l पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो !

यहि `ज्ञान´ र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु l जय नेपाल !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 28, 2022