१३ श्रावण २०८३, बुधबार
,
Latest
राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईले पञ्जाबलाई ९ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को ३३ औं खेलमा मुम्बई इन्डियन्स (एमआई)ले पञ्जाब किंग्स (पीबीकेएस) लाई ९ रनले पराजित गर्यो । यो सिजनमा मुम्बईको तेस्रो जित हो । यो जितसँगै मुम्बई अंक तालिकाको ७ नम्बरमा उक्लिएको छ भने पञ्जाब नवौं स्थानमा छ ।

बिहीबार मुल्लानपुर (चण्डिगढ)मा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

जवाफमा पञ्जाब किंग्सको टोली १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । जसप्रित बुमराह प्लेयर अफ द म्याच भए । उनले चार ओभरमा २१ रन दिएर ३ विकेट लिए ।

मुम्बईका लागि सूर्यकुमार यादवले ५३ बलमा ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए । पञ्जाबका हर्षल पटेलले ३ विकेट लिए भने कप्तान साम करनले २ विकेट लिए । कागिसो रबाडाले एक विकेट लिए ।

जवाफमा पञ्जाबका लागि आशुतोष शर्माले २८ बलमा ६१ रन बनाए भने शशांक सिंहले २५ बलमा ४१ रनको योगदान दिए । जसप्रित बुमराह र जेराल्ड कोत्जेले ३–३ विकेट लिए । हार्दिक पाण्ड्या, आकाश मधवाल र श्रेयस गोपालले एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोलीले १८ रनमा इशान किशनको विकेट गुमाएको थियो । यस्तो अवस्थामा रोहित शर्मा र सूर्यकुमार यादवले ५७ बलमा ८१ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । यहाँ रोहित शर्मा (३६ रन) आउट भएपछि सूर्याले तिलक वर्मासँग २८ बलमा ४९ रन जोडे ।

१९३ रनको लक्ष्य पछ्याएको पञ्जाबको सुरुवात पनि खराब रह्यो । पावरप्लेमा ४० रनको स्कोरमा टोलीले ४ विकेट गुमाएको थियो । रन पछ्याउने क्रममा टोलीको शीर्ष क्रममा खास साझेदारी हुन सकेन । यस्तो अवस्थामा शशांक सिंहले हरप्रीत सिंह भाटियासँग ५औं विकेटका लागि ३५ रन जोडे । त्यसपछि शशांकले जितेश शर्मासँग २८ र आशुतोष शर्मासँग ३४ रन जोडे । यहाँ शशांक आउट भएपछि आशुतोषले हरप्रीत ब्रारसँग ३२ बलमा ५७ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।




भर्खरै